२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व ब्याटिङ प्रशिक्षक विक्रम राठौरलाई आईपीएल फ्रेन्चाइज राजस्थान रोयल्सले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

आईपीएल फ्रेन्चाइजीले आफ्नो आधिकारिक बयानमा ५५ वर्षीय पूर्व भारतीय ओपनर आफ्नो ब्याटिङ कोच हुने जनाएको छ ।

भारतका लागि ६ टेस्ट र ७ ओडीआई खेलेका विक्रम राठौरले रोयल्स परिवारको हिस्सा बन्न पाउनु सौभाग्यको कुरा भएको बताए ।

‘फेरि एकपटक राहुल र अहिले युवा क्रिकेटरसँग काम गर्ने मौका पाएको छु । म टोलीको भिजन र रोयल्सका लागि शीर्ष श्रेणीका खेलाडीहरू सिर्जना गर्न मद्दत गर्नेछु, जसले टोलीलाई आईपीएल विजेता बनाउन मद्दत गर्नेछ ।’ उनले भनेका छन् ।

२०१९ मा भारतको ब्याटिंग कोच बन्नु अघि, राठौरले चार वर्ष राष्ट्रिय चयनकर्ताको रूपमा पनि काम गरे । उनले घरेलु क्रिकेटमा पञ्जाब र हिमाचल प्रदेशलाई पनि प्रशिक्षण दिएका छन् र आईपीएलमा राजस्थान अघि पञ्जाब किंग्ससँग पनि काम गरेका छन् ।

हालै टिम इन्डियाका पूर्व ब्याटिङ कोच विक्रम राठौरलाई न्यूजिल्याण्डको कोचिङ स्टाफमा समावेश गरिएको थियो । न्युजिल्यान्ड क्रिकेट बोर्डले स्थानीय अवस्थालाई ध्यानमा राख्दै ५५ वर्षीय पूर्व भारतीय ओपनर राठौरलाई टोलीमा समावेश गरेको जानकारी दिएको छ । उनीसँगै श्रीलंकाका पूर्व स्पिनर रंगना हेराथलाई स्पिन बलिङ प्रशिक्षकमा नियुक्त गरिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडलाई केही दिन अघि मात्रै आईपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा भारतलाई जित दिलाउन विक्रम राठौरले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी भारतका ब्याटिङ प्रशिक्षक थिए । उनको कार्यकालमा भारतले धेरै सिरिज जितेको थियो ।