२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताउनुभएको छ ।

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउनु भयो। उहाँले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताउनु भयो ।

आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । बामआन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननिय बन्नुभएको छ ।

पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ । सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए । नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन । मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरु मिलाउनुपर्छ । त्यसको लागि एमालले प्रयास गर्नुपर्छ । नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् ।

राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ ।’

उहाँले जनताको बहुदलिय जनवादको आलोकमा संविधान कार्यन्वयन प्रक्रियामा रहेको बताउनु भयो । उहाँले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगेपनि भनेजस्तो काम नभएको बताउनु भयो ।

उहाँले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि आन्तरिक उत्पादन आवश्यक रहेको बताउनु भयो । उहाँले युवाहरु विदेशी जानुपर्ने अवस्था दुःखदायी भएको बताउनु भयो ।

उहाँले दलाल पुँजी वृद्धि हुने,अनौपचारिक क्षेत्र फैलिने तर राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदा जनताको बहुदलिय जनवादको आधार मानेर समाजवादमा पुग्न नसकिने बताउनु भयो । उहाँले मुलुक दलाल पुँजीको भरमा समाजवादमा पुग्न नसकिने दाबी गर्नुभयो ।