२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छब्बीस बाक्सा पटाका बरामद



फाईल फोटो
अ+ अ-

धुलिखेल । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।

यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७–१८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।