२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिरञ्जीवीको नाम गिनिज बुकमा



अ+ अ-

एजेन्सी । मेगास्टार चिरञ्जीवीको नाम गिनिज वल्र्ड रेकर्डमा परेको छ । ४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूव प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् ।

उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए । अवार्ड दिएपछि आमिर खानले चिरञ्जीवीलाई अंगालो मारे ।

यस अवसरमा आमिर खानले चिरञ्जीवीको तारिफ गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुशी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यानहरू देखेर म खुसी छु । मलाई तपाईहरु माझ समावेश गर्नुभएकोमा म तपाईहरु सबैलाई धन्यवाद दिन्छु । म उहाँको (चिरञ्जीवी)को ठूलो फ्यान हुँ ।’

चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म पुनाधिरल्लुबाट सुरु गरेका थिए । यद्यपि, बापूद्वारा निर्देशित मन वुरी पाण्डाभुलु उनको पहिलो रिलिज थियो । उनले सन् १९८२ मा रिलिज भएको हिट फिल्म ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ बाट मुख्य भूमिका निभाउन थालेका थिए ।

सन् १९८३ मा रिलिज भएको फिल्म कैदीले चिरञ्जीवीलाई रातारात ठूलो सुपरस्टार बनायो । त्यसबेलादेखि चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।

चिरञ्जीवीको राजनीतिक यात्रा
फिल्मका अलावा चिरञ्जीवीले राजनीतिमा पनि हात हालेका थिए । उनले सन् २००८ मा आन्ध्र प्रदेशको राजनीतिक पार्टी प्रजा राज्यम पार्टी खोलेका थिए । पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताए ।

२००९ को आम चुनावमा, पार्टीले आन्ध्र प्रदेश विधान सभामा १८ सिट जित्यो । ६ फेब्रुअरी २०११ मा, चिरञ्जीवीको प्रजा राज्यम पार्टी भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो । यस विलय पछि, उनले २८ अक्टोबर २०१२ मा राज्यसभा सदस्यको रूपमा शपथ लिए । उनलाई पर्यटनमन्त्री बनाइयो ।

२०१४ मा, उनले आन्ध्र प्रदेशको संसदीय र विधानसभा चुनावमा पार्टीको तर्फबाट प्रचार गरे । तर, उनले चुनाव लड्न अस्वीकार गरे । यस निर्वाचनमा उनको पार्टीका सबै उम्मेदवार पराजित भएका थिए । यस चुनावपछि चिरञ्जीवीले कुनै पनि संसदीय बैठकमा भाग लिएनन् ।

राज्यसभा सदस्यको रूपमा उनको कार्यकाल अप्रिल २०१८ मा समाप्त भयो । त्यसयता उनी राजनीतिमा सक्रिय छैनन् ।

 




भर्खरै