२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा



अ+ अ-

नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवद्र्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आएका छन् ।

भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरि काठमाण्डौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई आज नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरि बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्र्दभमा आयोजना गरिएको बाइक राइडरहरुको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रर्वद्धन हुने बताउनु भयो ।

“नेपाल प्रकृति संस्कति र साहसिक पर्यटनको केन्द्र नै हो । नेपालमा साहसिक पर्यटनको लागि विभिन्न ढंगले पर्यटक आउने गरेका छन् । तर आफै राईड गरेर नेपाल घुम्दा हुने अनुभव पक्कै थप रोमाञ्चकारी भएको हुनुपर्छ । खासगरि भारतीय पर्यटकका लागि नेपालमा धार्मिक र सांस्कतिक पक्ष पनि जोडिने भएकाले यस प्रकारका यात्रा थप प्रभावकारी हुने अपेक्ष ागर्न सकिन्छ ।” उहाँले भन्नु भयो ।

भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितिपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभिएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले जानकारी दिनुभयो ।

काठमाण्डौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।