२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई खुला चुनौति दिएका छन् ।

उपाध्यक्ष मिश्रले एक्लै–एक्लै चुनाव लडेको भए उपप्रधानमन्त्री सिंहलाई दुबै पटक आरामले हराइदिने प्रतिक्रिया समेत दिएका छन् ।

सामाजिक सञ्जालमा मिश्रले भनेका छन् – ‘एक्लै–एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह)लाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।’

‘तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ?तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ । याद गर्नुभा’छ ?’ उनले प्रशन गरेका छन् ।

यस्तै, मिश्रले अबको चुनावमा सिंहलाई हराउने दाबी गर्दै त्यसबेला देशको वास्तविक रूपान्तरणको शंखनाद हुने समेत प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् ‘अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र ! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

मिश्र र सिंह काठमाडौँ १ बाट चुनाव लडेका थिए । सिंहले पछिल्लो पटकको निर्वाचनमा मिश्रलाई १२९ मतले हराएका थिए । त्यसअघि पनि मिश्र सिंहसँगै पराजित हुन पुगेका थिए ।




भर्खरै