२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण



अ+ अ-

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको चालू वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ।

चालू वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। चालू वर्षको बजेट सार्वजनिक भएपछि दातृ निकायले आर्थिक वृद्धिको प्रक्षेपण गरेको यो पहिलो हो। एडिबीले मूल्यवृद्धि दर पनि ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एसियन डेभलपमेन्ट आउटलुक २०२४ (सेप्टेम्बर) का अनुसार वर्ष २०२३/२४ मा नेपालको मूल्यवृद्धिदर ५.४ प्रतिशत रहेको एडिबीको ठम्याइ छ। एडिबीले आफ्नो तथ्यांकमा चालू खाता घाटा चालू वर्ष ऋणात्मक हुने प्रक्षेपण गरेको छ, जबकि आर्थिक वर्ष सन् २०२३/ २४ मा ३।९ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा धनात्मक रहेको चालू खाता बचत अर्को वर्ष ०.४ प्रतिशतले ऋणात्मक हुने अनुमान सार्वजनिक गरेको हो।

सरकारले चालू वर्ष २०८१/८२ को मुद्रास्फीति ५.५ प्रतिशतको अनुमान गरेको छ भने राष्ट्र बैंकले त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको छ।

‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवा पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्नेछ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनों कोश्वाले भने, ‘एसियन डेभलपमेन्ट आउटलुक ९२०२४ सेप्टेम्बर० का अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ। विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटक आगमनमा वृद्धिले आवास र भोजन सेवालगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। लचक मौद्रिक नीति, पुँजीगत वजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ।’

बाह्य जोखिम भने सापेक्ष रूपमा नियन्त्रणमा रहनेछन्। व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ। यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्न सक्नेछ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो।

एडीबीका अनुसार मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ। विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ। प्राकृतिक विपद् तथा जलवायु प्रकोप नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूमा रहेका छन्।

 

 




भर्खरै