२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएकी अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।

केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिकाले जाहेरी दिएको जनाएको छ ।

झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले त्यसको विरोध गर्दै टिकट काट्ने व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरेकी थिइन् । उक्त पुलमा कर नउठाउन नहुने चेतावनी दिएर आशिका गएकी थिइन् ।

नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

जाहेरीमा तामाङले ‘आपराधिक उपद्रव’ गरेको आरोप लगाइएको छ ।