२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ



देवकुमार नेपाली
अ+ अ-

बागलुङ । सहकारी ठगीमा फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गरिएको छ ।

इन्टरपोलमा रेड नोटिस जारी भएका उनी भारतीय प्रहरीको सहयोगमा नयाँदिल्लीमा पक्राउ परेका हुन् ।

भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने तयारी गरिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपाली बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए ।उनीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो ।