२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ जना पक्राउ



अ+ अ-

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतीमा संलग्न गराउने उदेश्यले शरिर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरि यही कार्तिक २७ गते सार्वजनिक गरेको छ ।

विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका–६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृतीमा संलग्न गराउन मोलमलाई गरिरहेको साथै निज महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले यहि कार्तिक २६ गते ३ जनालाई पक्राउ गरि पिडित दुवैजना महिलालाई उद्दार समेत गरेको छ । 

पक्राउ पर्नेमा कास्कीको मादि गाउँपालिका१ खेलुङ बस्ने २१ वर्षीय जिवन नेपाली, पोखरा महानगरपालिका-४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल-४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् । पक्राउ परेका निजहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।