२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवस्था र व्यवस्था बदल्न अब निर्णायक आन्दोलन गर्ने कमल थापाको चेतावनी



अ+ अ-

वीरगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति दिनको निमित्त निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

पार्टीको तराई मधेस राष्ट्रिय सम्मेलनको वीरगन्जमा उद्घाटन गर्दै अध्यक्ष थापाले तराई मधेसको पहिचान रक्षाका लागि मधेस केन्द्रित अभियान शुरु भएको बताउनुभयो ।

मधेसको पहिचानको रक्षाको लागि बिकास र समृद्धिको लागि मधेशि जनताको हक, हित र समृद्धिको लागि राप्रपा नेपाल शसक्त रुपमा कृयाशिल हुनुपर्नेमा जोड दिँदै थापाले राष्ट्रबादी, प्रजातान्त्रिक ,राजावादी, हिन्दुवादी शक्तिहरु मिलेर निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

सनातन हिन्दु धर्म मधेसको पहिचान र सान भएको भन्दै थापाले मधेसको पहिचानको रक्षाका लागि नयाँ ढङ्गबाट आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

तराई मधेस क्षेत्रको आर्थिक,सामाजिक, सांस्कृतिक बिकासको लागि राप्रपा नेपालसङ्ग दुरदर्शी नीति ,योजना र कार्यक्रम रहेको समेत उहाँले जिकिर गर्नुभयो ।

राष्ट्रबादी शक्तिहरु धुर्बिक्रीत भएर होइन अब एकिकृत भएर नयाँ ढंगबाट अघि बढ्नुको बिकल्प नभएको भन्दै थापाले अहिले एजेन्डा केन्द्रित भएर फराकिलो किसिमले योजनाबद्ध रुपमा कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देश बरबादी तर्फ गएकाले राष्ट्रबादी देशभक्तहरु मुकदर्शक भएर बस्न नमिल्ने भन्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित गर्न नसक्ने दाबी गर्नुभयो ।

दुई दिने सम्मेलनमा २१ जिल्लाका २ सय ५० प्रतिनिधि सहभागी छन् ।




भर्खरै