२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली जुम्ला जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै हुनुहुन्छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन ओली जुम्ला जान लाग्नुभएको हो । ओली प्रतिष्ठानको कुलपति हुनुहुन्छ ।

प्रधानमन्त्री ओली आज बिहान जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने कार्यक्रम छ ।

आजै प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक भवनको गर्ने कार्यक्रम पनि रहेको छ ।




भर्खरै