२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरण: प्रत्यक्षदर्शी भएको दाबी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तरवार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

“ अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन ।” उहाँले भन्नुभयो–“ सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।”

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तरवार्तामा दिएको प्रहरीको भनाई छ ।