२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति



अ+ अ-

काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकको परिवारबिच सहमति भएको छ । सहमतिभएसँगै भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव आज पाँच दिनपछि उठाइँदै छ ।

कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएको थियो । नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि ज्यान गएको थियो ।

झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन । आईतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको प्रहरी स्रोतले जनाएको छ । यसअघि मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो ।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्ध सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।