२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश भुजेलले ५२ लाख दिने सहमतिसँगै नगरकोटी दप्पतीको शव आज उठाइने



अ+ अ-

काठमाडौँ । प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठ्ने भएको छ ।

गत बुधबार काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि ज्यान गएको थियो ।

शव व्यवस्थापन तथा काजक्रियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले दम्पत्तिको शव उठाएको थिएन ।

आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको हो ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको बताइएको छ ।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।