२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण



अ+ अ-

एजेन्सी । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरु रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो ।

दिसानायकले सेप्टेम्बर–२१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको सामायोनमा मन्त्रीमण्डल निर्माण गर्नु भएको छ ।

नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ ।

श्रीलङ्कामा समानुपाती प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।

नयाँ मन्त्रीमण्डलमा अमरसूरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ ।

नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलङ्काको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको उल्लेख गर्नु भएको छ ।

जनताले एनपीपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउदै उहाँले आथामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने जनाउनु भएको छ ।

दिसानायकले श्रीलङ्काका जनताले जातीय र धार्मिक विभाजनको बीचमा आफुहरुलार्ई मतदान गरेको जनाउदै जनताको अधिकारको संरक्षण र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।




भर्खरै