काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका अल साउदले मङ्गलबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि परराष्ट्र मन्त्रालयलमा साउदी अरबका विदेशमन्त्री समेत रहनुभएका अल साउद र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।












