३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए



अ+ अ-

एजेन्सी । २२ ग्रान्डस्लाम जितेका स्पेनका राफेल नाडालले टेनिसबाट सन्यास लिएका छन् । ३८ वर्षीय नाडालले आफ्नो डेभिस कप करियरको अन्तिम खेल मंगलबार (नोभेम्बर १९) मा घरेलु मैदान मलागामा खेलेका थिए, यद्यपि उनले खेल हारे ।

उनी ८० औं वरियताका नेदरल्याण्ड्सका बोटिक भान डे जेडस्चल्पसँग ६–४, ६–४ ले पराजित भएका थिए । लगातार २९ खेल जित्दै नाडाल डेभिस कपमा पराजित भएका छन् । मार्टिन कार्पेना एरिनामा एक भावनात्मक भिडियो मार्फत ३८ वर्षीय लिजेन्डलाई बिदाइ गरिएको थियो ।

नाडालले आफ्नो सन्यासको सम्मानमा आयोजित समारोहमा धेरैलाई श्रेय दिए । उनले आफ्नो काका टोनी नाडालको नाम लिए । टोनीले नाडाललाई टेनिस खेल्न प्रेरित गरेका थिए । उनले नाडाललाई तालिम पनि दिएका थिए ।

नाडाल पुरुष एकलमा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी हुन् । नाडालले २२ उपाधि जितेका छन् । सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने सन्दर्भमा सर्बियाका नोभाक जोकोभिचले अहिलेसम्म २४ वटा ग्रान्डस्लाम जितेका छन् । ४ वर्षअघि स्विट्जरल्याण्डका महान टेनिस खेलाडी रोजर फेडेररले सन्यास लिएका थिए । अब नाडालले पनि खेललाई अलविदा गरिसकेका छन् । फेडेररले २० ग्रान्डस्लाम उपाधि जितेका थिए ।

नाडाल सबैभन्दा बढी १४ पटक फ्रेन्च ओपनको उपाधि जित्ने पुरुष खेलाडी हुन् । त्यसैले नाडाललाई ‘रातो बजरीको राजा’ भनिन्छ । फ्रेन्च ओपन क्ले कोर्ट अर्थात रातो बजरीबाट बनेको कोर्टमा खेलिन्छ ।

रातो बजरीका राजा भनेर चिनिने नाडालले सन् २०२२ मा १४ औं पटक फ्रेन्च ओपनको उपाधि जितेर इतिहास रचेका थिए । नाडालले २०२२ मा ३६ वर्षको उमेरमा ट्रफी जित्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी उमेरका च्याम्पियन बने । नाडालले १९ पटक फ्रेन्च ओपनमा भाग लिँदा ११२ खेल जितेका छन् भने ४ पटक मात्रै हार बेहोरेका छन्, जुन कुनै एक ग्रान्डस्लाममा पुरुष र महिलातर्फको विश्व कीर्तिमान हो ।

नाडालले गोल्डेन स्लाम पनि जितेका छन् । उनी गोल्डेन स्लाम जित्ने विश्वका तीन पुरुष खेलाडीमा पर्छन् । नाडालले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेर गोल्डेन स्लाम पूरा गरेका थिए । गोल्डेन स्लाम भनेको सबै चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्ण जित्ने खेलाडी हो । अर्थात् अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन, युएस ओपनसँगै ओलम्पिक च्याम्पियन बन्ने खेलाडी ।