२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित)



अ+ अ-

काठमाडौँ । मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जना भिड्ने भएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले प्रमुखमा भिड्ने २० जना उम्मेदवारको नामावली सूची सार्वजनिक गरेको हो ।

मंसिर २ गते भएको मनोनयन दर्तामा ११ स्वतन्त्र र दलगत ९ गरी २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

गत साउन १० मा नेपाली कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपश्चात् रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/11/प्रमुख-नियमावली-अुनुसूची-८-उम्मेदवारको-अन्तिम-नामावली.pdf”]