३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौं । स्पेनी ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो ।

घरेलु टोलि भिगोले पुनरागमन गर्दै खेल बराबरी गर्यो । खेलको १५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

तर, ८२ औं मिनेटमा बार्सिलोनालाई धक्का लाग्यो । मार्क कासाडो रातो कार्ड खादै बाहिरिए ।

त्यसको लगत्तै ८४ औ मिनेटमा गोन्जालेजले र ८६ औं मिनेटमा हुगो अल्भारेजले गोल गर्दै सेल्टा भिगोलाई हारबाट जोगाए ।

बार्सिलोना १४ खेलबाट ३४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । भिगो १८ अङ्कका साथ ११ औं स्थानमा छ ।