२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो ।

दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका सहित नौ व्यक्तिको मृत्यु भएको छ । यसले मध्य गाजाको नुसेरात शिविरमा रहेको एउटा अपार्टमेन्टमा बम विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४४ हजार ५६ पुगेको छ ।