२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’



अ+ अ-

पाटन । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिनुभयो । “जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हैन, सबै मिलेर लाग्नुपर्छ । अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ”, महानगर प्रमुख महर्जनले भन्नुभयो । उहाँले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताउनुभयो ।

महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्छ भन्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तीन सय ६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नु भन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान साङ्केतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । “जिल्ला प्रहरीमा महिला हिंसाविरुद्ध छुट्टै सेल स्थापना भएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाइृ विशेष प्राथमिकता दिएर उजुरी लिने र समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।




भर्खरै