२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरि ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलिले वालुवाटारमा प्रधामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन ,समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताउनु भयो ।