२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषले नयनतारा र उनका श्रीमानविरुद्ध मुद्दा दायर गरे



अ+ अ-

एजेन्सी । वृत्तचित्र ‘नयनथाराः बियोन्ड द फेयरिटेल’ लाई लिएर नयनतारा र धनुषबीचको विवाद बढ्दै गएको छ । यसैबीच धनुषले अहिले अभिनेत्री र उनको डकुमेन्ट्रीविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

एक रिपोर्टका अनुसार यो मुद्दा अभिनेत्री र उनका फिल्ममेकर पति विग्नेश शिवन विरुद्ध परेको छ, जसमा उच्च अदालतले पनि जवाफ मागेको छ ।

‘लाइभ ल’को रिपोर्टका अनुसार धनुषको वन्डरबार फिल्म्स प्राइभेट लिमिटेड कम्पनीले नयनतारा, उनका पति विग्नेश शिवन र उनीहरुको कम्पनी राउडी पिक्चर्स प्राइभेट लिमिटेडविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेको छ । जसमा यी अभियुक्तहरूले धनुषको फिल्म नानुम राउडी धनका केही दृश्यहरू बिना अनुमति वृत्तचित्रमा प्रयोग गरेको बताइएको छ ।

यसबाहेक धनुषको कम्पनीले लस गाटोस प्रोडक्सन सर्भिसेज इन्डिया एलएलपीविरुद्ध मुद्दा दायर गर्न अनुमति मागेको थियो, जसलाई अदालतले स्वीकृत गरेको थियो ।

यो कम्पनीले ओटीटी प्लेटफर्म नेटफ्लिक्सको लागि भारतमा सामग्री लगानी गर्छ र यो मुम्बईमा छ । मद्रास उच्च अदालतले दुवै पक्षको प्रारम्भिक बहस सुनेको थियो । साथै नयनतारालाई अर्को सुनुवाईमा जवाफ दिन भनिएको छ ।

घटना के हो ?
नयनताराले धनुषसँग उनको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअलको लागि उनको डकुमेन्ट्री ‘नयनथाराः बियन्ड द फेयरी टेल’का लागि अनुमति मागेकी थिइन् ।

तर धनुषले उनलाई अनुमति दिन मानेनन् र डकुमेन्ट्रीको ट्रेल हेरेपछि मात्र ३ सेकेन्डको भिजुअल चोरी गरेको आरोपमा अभिनेत्रीलाई १० करोड रुपैयाँको कानूनी नोटिस पठाए । नयनतारा आफैं फिल्म ‘नानुम राउडी धान’मा मुख्य अभिनेत्री थिइन् ।




भर्खरै