२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित, गणपुरक संख्या नपुगेर बैठक रोकियो



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तेजुलाल चौधरीले बोलाउनु भएको परिषद्को बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

मन्त्री चौधरीले आज बोर्डको ११८ औ बैठक मन्त्रालयमा दिउँसो एक बजे बोलाउनु भएको थियो तर सचिवसहित दुई सहसचिव र राखेपका तीन सदस्य अनुपस्थित भएपछि बैठक रोकिएको एक सदस्यले जानकारी दिनुभयो ।

बैठकमा सचिव सुमनराज अर्याल र सहसचिव रुद्र प्रसाद अधिकारी र शिक्षामन्त्रालयका प्रतिनिधि उपस्थित हुनुभएन । यसैगरी राखेपसदस्यहरु दिपेन्द्र बिष्ट, मोहम्मद फाजिल, रामचन्द्र श्रेष्ठपनि बैठकमा उपस्थित हुनु भएन ।

आज बोलाईएको परिषद्को ११८ औं बोर्ड बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका संशोधन, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि, राष्ट्रपति रनिङ्ग शिल्ड, राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली, आर्थिक प्रशासन सम्बन्धी विनियमावली विद्यालय खेलकुद पाठ्यक्रम, खेलाडी आवास र विविध बिषयमा छलफल गर्ने कार्यसूचि रहेको सदस्य सचिव टंक लाल घिसिङ्गले जानकारी गराउनु भएको थियो ।

एक सदस्यका अनुसार मन्त्रीको निर्देशनामा नै सचिव, सहसचिव र केही सदस्य अनुपस्थित भएका हुन् । आफू अनुकल बोर्ड चलाउन खोजेका मन्त्रीले नसकेपछि बैठकक नै नबोलाउने गर्नुभएको थियो । आन्तरिक दबाबका कारण बैठक बोलाउन लगाएपनि गणपुरक संख्या पुग्न नदिएको एक सदस्यले जानकारी दिनुभयो ।

मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको १० औं राष्ट्रिय खेलकुद स्थगित गरिएपछि अब कहिले गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । कर्णाली प्रदेशमा गर्ने भनिएको प्रतियोगिताको नयाँ मितिबारे अन्योल बढिरहँदा आज बस्ने बोर्ड बैठकले ठोस निर्णय गर्न सक्ने जनाईएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक १४ महिनादेखि बस्न सकेको छैन । जसका कारण कर्मचारी सेवा शर्त विनियम, आर्थिक विनियम, ओएनएम स्सर्भेको कुरा र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिका संशोधनसहितका विषय अन्योलमा परेका छन् ।

जसका कारण पहिलो पारा राष्ट्रिय प्रतियोगितामा पनि अन्योलमा परेको छ ।




भर्खरै