२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कहाँ–कहाँ काटिन्छ बिजुलीको लाइन ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।

ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।