३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालमससँग स्तब्ध बन्यो शीर्षस्थानको बार्सिलोना



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना लास पालमससँग घरेलु मैदानमै २–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ४९ औं मिनेटमा सान्ड्रो रामिरेजले गोल गर्दै पालमसलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६७ औं मिनेटमा फाबियो सिल्भाले गोल गर्दै पालमसलाई जित दिलाए ।

पराजित बार्सिलोना १५ खेलबाट ३४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । पछिल्ला तीन खेलमा बार्सिलोनाले २ हार र १ बराबरीको नतिजा निकालेको छ ।

पालमस भने १५ अंकका साथ १४ औं स्थानमा छ ।