३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । युएईमा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । यस्तै, अभिषेक तिवारी र उत्तम मगरले २९–२९ रन जोडे ।

बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २–२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १–१ विकेट लिए ।

यसअघिको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।