२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गर्नुभएको छ ।

आईतवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गर्नुभएको हो । उहाँले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरुसँग आग्रह गर्नुभयो ।

उहाँले दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताउनु भयो । प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधार करिव सकिएको र अहिले पनि खेलाडीहरुको व्यवस्थापन ठूलो चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईंहरुले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईंहरुले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरु ढुक्का हुनुस् । खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु, पत्रिकाले के लेख्छ, के लेख्दैन रु पत्रिकाको पछाडि नगइदिन आग्रह गरेँ । किनभने प्रदेश सरकारले लगानी गरेको ठाउँमा खेल हुन्छ । कर्णालीमै हुन्छ, त्यसमा पनि हाम्रो सोच हन्ड्रेड टेन प्रसेन्ट, फागुनभित्रै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’

मन्त्री चौधरीले देश र युवाहरुको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताउनु भयो । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरुको चाहना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।