२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१११ रनमै रोकियो काठमाडौं, चितवनका तनविर एक्लैले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको झिनो लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो ।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। यस्तै, माइकल लेभिट २५, ड्यान डौथवेट १९ र शंकर रानाले ११ रन बनाउदा अन्य कुनै पनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् । तनविरले आफ्नो चार ओभरमा २१ रन खर्चेर ५ विकेट लिए ।

कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।