७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले माग्यो अनुमति



अ+ अ-

वीरगञ्ज । सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ ।

वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरस्थित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट गोर्खा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । यस सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो ।

पर्सा प्रहरीले उक्त सहकारीका अध्यक्ष जीवी राई तथा गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने र छविलाल जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनबाट अनुसन्धान भईरहेको छ ।