२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एड’ लेखेर बिआरआइमा सहमति, परराष्ट्र सचिवले हस्ताक्षर गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अन्ततः बिआरआइमा सहमति भएको छ । मंगलबार चीनका राष्ट्रपति सि चिनफिङ तथा चिनियाँ प्रधानमन्त्री लि छ्याङसँगको द्विपक्षीय भेटवार्तापछि चीनसँग सो सहमति भएको हो ।

यसअघि नेपालले तयार गरेको बिआरआई कोअपरेसन फ्रेमवर्कमा ग्रान्ट अर्थात् अनुदान शब्द लेखिएकामा सबै अनुदान दिन नसकिने भन्दै चीनले असहमित जनाएको थियो ।

त्यसपछि नेपालको सो फ्रेमवर्कमा संशोधन गरेर एड अर्थात् सहायता भन्ने शब्द राखिएको समाचार स्रोतले बतायो । यो पनि सहयोग नै भएको बुझाई दुवै तर्फको भएपछि बिआरआईमा हस्ताक्षर हुने भएको हो ।

अनुदानमा चीनले परियोजनाहरु सबै गर्न नसकिने भनेपछि नेपालले त्यसमा नेपालले पुनः संशोधन गरेर एड राखिएको छ । तर त्यस अन्तर्गत गरिने परियोजनाहरु भने फाइनल गर्न बाँकी रहेको छ ।

अहिले कुन कुन परियोजनाहरु बिआरआइ अन्तर्गत चीनले नेपाललाई दिने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको भ्रमण दललका एकजना सदस्यले जानकारी दिए ।

उनले सो विषयमा सहमति भएपछि अब त्यसमा नेपालका तर्फबाट परराष्ट्र सचिवले हस्ताक्षर गर्ने भएका छन् । केही छिनमा सो दस्ताबेजमा हस्ताक्षर हुने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने तयारी भएको सो स्रोतले भन्यो ।