३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हारबाट धेरै चिन्तित छैनौं– पोखराका प्रशिक्षक राजीव



अ+ अ-

काठमाडौँ । लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिले कहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन् ।

चितवन राइनोजसँग मंगलवार फराकिलो हार सामना गरेपछि प्रशिक्षक राजीवले टी–ट्वान्टी कहिले कहीँ यस्तो नतिजा आउने भएकाले आफू धेरै चिन्तित नभएको बताएका हुन् ।

साथै आफ्नो टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले बलियो भएर आउनेमा उनी विश्वस्त देखिन्छन् ।

१५०/१६० को लक्ष्य भेट्टाउन सहज हुने भएपनि आज खेल आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो । साथै उनले ६÷७ को अवस्थामा पुग्नु पनि सहज नतिजा नभएको र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कहिले कहीँ यो अवस्थाको सामना गर्नुपर्ने बताए ।

तर टी ट्वान्टी–२० मा सधैं यस्तै अवस्था नहुने र आगामी खेलमा सुधार गर्ने उनको लक्ष्य छ । आज पहिलो खेल भएकाले योजनाअनुरूप हुन नसकेको उनले उल्लेख गर्नुभयो । प्रशिक्षक राजीवले केही गल्ती भएको र चितवनले पनि राम्रो बलिङ गरेको बताए ।

यता एकै ओभरमा तीन विकेट लिएका चितवनका बलर रिजन ढकालले मेहनत गरेअनुरूप नतिजा प्राप्त भएको र यो सफलतामा बोल्ने आफूसँग शब्द नै नभएको बताए ।

पोखराको अन्तिमसम्म नारायण जोशी र विपिन खत्रीले राम्रो ब्याटिङ गरिरहेको र अन्तिम बलसम्म राम्रो बलिङ गर्ने टोलीको लक्ष्य रहेको समेत उनको भनाइ छ । सोहेल तनवीर र रवि बोपरा जस्ता अनुभवी खेलाडीबाट आफूहरूले धेरै कुरा सिक्न पाएको उनले उल्लेख गरे ।