२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछः गृहमन्त्री लेखक



अ+ अ-

बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताउनुभएको छ ।

बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिनुभयो । उहाँले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा मेलामा आउने सर्वधारणलाई सहजरूपमा दर्शन गर्ने वतावरण मिलाउन आयोजक समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति चन्द्रशेखरकुमार यादव, कांग्रेस बाराका सचिव भैयाराम यादवलगायतले गृहमन्त्री लेखकको स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री लेखकले मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखसहित बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूसँग समग्र मधेश प्रदेशको सुरक्षा अवस्थालगायतबारे जानकारी लिनुभएको थियो ।




भर्खरै