२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बोर्ड र त्रिविको पत्रकारिता विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति



अ+ अ-

काठमाडौं । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविधालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारीधि गरिरहेका विधार्थीहरुले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् । विज्ञापन बोर्डमा आज आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा। कुन्दन अर्यालवीच सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विधार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।

सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्‍चार विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले छात्रवृत्ति विधार्थीलाई उपयोगी हुने बताउनु भयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विधार्थीहरु आकर्षित हुने अपेक्षा गरिएको वताउनु भयो ।सहमतिले त्रिभुवन विश्वविधालय र बोर्डविच समझदारी बढ्ने समेत उहाँहरुले वताउनु भयो ।