७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले किन खोस्यो रवि लामिछानेको डायरी ? अपहरणको शैलीमा पोखरा लगेको आरोप



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको डायरी प्रहरीले खोसेको आरोप लागेको छ ।

लामिछानले कास्की प्रहरीले आफ्नो ‘हिरासत डायरी’ जफत गरेको बताएका हुन् । चितवनबाट पोखरा ल्याइएपछि ब्याग खानतलासीका क्रममा डायरी प्रहरीले लिएको उनको भनाइ छ ।

चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको बारे छानबिन गर्न लामिछानेलाई चितवन पुर्‍याइएको थियो । दुई दिनसम्म सरकारी वकिलको कार्यालयमा बयान गराइएपछि उनलाई कास्की प्रहरीले रातारात पोखरा लगेको थियो । लामिछानेलाई हिरासतमै भेटेका रास्वपाका नेता दीपक बोहोराले प्रहरीले डायरी खोसेको आरोप लगाएका हुन् । उनले न्यूजपोलारसँग कुरा गर्दै भने– ‘उहाँले हिरासतमा बस्दा आफ्ना अनुभव र भोगाइहरु डायरीमा उतारिरहनु भएको छ । काठमाडौं र चितवन जाँदा त्यो डायरी उहाँको ब्यागमा नै थियो । तर, आज बिहान तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएपछि आफ्नो डायरी प्रहरीले जफत गरेको उहाँले मसित बताउनुभएको छ । प्रहरीलाई उहाँको डायरीसित पनि किन यत्रो डर हो बुझ्न सकिएन ।’।

तर कास्की प्रहरीले भने रविको डायरी नखोसेको बताएका छ । डायरी खोस्नुपर्ने आवश्यकता पनि नरहेको प्रहरीको भनाइ छ ।

अपहरणको शैलीमा पोखरा पुर्‍याइएको भन्दै रास्वपाका नेताहरुको आपत्ति

अनुसन्धानका लागि काठमाडौंबाट चितवन पुर्‍याइएका लामिछानेलाई ‘अपहरण’को शैलीमा मध्यरात पोखरा लगिएको आरोप रास्वपाका नेताहरुले लगाएका छन् । निदाइ रहेको व्यक्तिलाई उज्यालो नहुँदै लगिएको आरोप उनीहरुको छ ।

हिजो दिनभरि रविको चितवन सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयान कक्षमा नै बिहान–बेलुकाको खाना खुवाएर १२ घन्टासम्म उनको सोधपुछ भयो । राति साढे नौ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा फर्काइयो । दिनभरिको थकाइले गर्दा उनी चाँडै सुतेका थिए ।

मस्त निद्रामा रहेका रविलाई मध्यरातमा प्रहरीले उठायो । उनलाई अहिल्यै पोखरा जानुपर्ने भनियो । जबकी भोलिमात्र जाने कुरा थियो ।

रास्वपाका नेता बोहोराले न्यूजपोलारसँग भने, ‘आज पोखरा लैजाने कुनै कुरा थिएन । बिहीबार बिहानको फ्लाइटमा लैजाने भनेर मलाई नै प्रहरीले भनेका थिए । तर मध्यराति नै उठाएर अपहरणको शैलीमा लगियो । प्रहरीको यो कार्य निन्दनीय छ ।’