२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शनको रकम अपचलन आरोपमा सहकारीका साधारण सदस्य पक्राउ



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा सहकारीका साधारण सदस्य पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेको अवस्थामा पोखरा घर भएका सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई पक्राउ गरी पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

गुरुङलार्ई शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।