२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पष्ट निरोधात्मक नीति आवश्यक छः मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरुको संख्या बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताउनु भयो । उहाँले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरु बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बीमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ । मान्छेको व्यवहार, आनिबानी, प्रतिष्पर्धा ति सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अंगभित्रका रोगहरु भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरुसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ । हामीले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि गर्नुपर्छ । रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्न चाहन्छौँ । स्वास्थ्य संरचनाहरुले त्यसको लागि के गर्नुपर्छ ? अध्ययन गरेर काम गर्नसक्ने गरी विषयहरु ल्याउने परिस्थिति निर्माण गर्दैछौँ ।’

मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरु पनि बढेको अवस्था रहेको बताउनु भयो । उहाँले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताउनु भयो ।




भर्खरै