२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि मानवअधिकार आयोगले सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचरणगरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमै दुर्व्यवहार गर्ने प्रहमाथि राष्ट्रिय मानवअधिकार आयोगले सोधपुछ गर्ने भएको छ ।

आयोगको टोलीले हिरासतमा रहेका लामिछानेलाई भेटेर सबै कुरा बुझिसकेको छ । अब आयोगले प्रहरी अधिकारीहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको हो ।

आयोगले प्रहरी महानिरीक्षक वा प्रहरीको मानवअधिकार हेर्ने अधिकारलाई बोलाएर सोध्ने तयारी गरेको हो ।

चितवनबाट पोखरा लैजाँदा आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप प्रहरीले लगाउँदै आएका छन् । आफू सुतिरहेका बेला मध्यराति चितवनबाट पोखरा ल्याइएको र आफ्नो डायरीसमेत खोसिएको आरोप उनको छ ।

रविलाई वीरगन्ज पठाउने वा पोखरामै बयान लिने भन्नेमा अन्योल

यसैबीच वीरगन्जका सानो पाइला सहकारी ठगीको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिन वीरगन्ज मै लैजाने कि नलैजाने भन्नेमा प्रहरीले टुंगो लगाउन सकेको छैन ।

लामिछानेलाई पक्राउ गरेर पर्सा ल्याउन अदालतबाट अनुमति लिइसकेको प्रहरी अहिले दोधारमा पुगेको हो ।

पर्सा नलगिए वीरगन्जबाटै प्रहरी र सरकारी वकिलको टोली पोखरा पुगेर पनि बयान लिने कि भन्ने छ ।
सम्भवत: यस विषयमा आजै टुंगो लगाइने छ ।




भर्खरै