७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिने



file
अ+ अ-

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज वीरगन्ज लगिने भएको छ ।

वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई लैजान लागिएको हो ।

कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुन: जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै राखेर उहाँलाई वीरगन्ज लगिने भएको हो ।

वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुन: पोखरा पठाइने छ ।