२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी पहिलो जितको खोजीमा, पराजित भए प्लेअपबाटै बाहिरिने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि आज लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । आज लिगमा दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अझै पहिलो जितको खोजीमा छ । लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो । लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ । चितवनले पछिल्लो खेलमा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रा ३ खेलमा ब्रेक लगाउँदै तेस्रो जित हात पारेको थियो ।

युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनले चार मध्ये ३ खेल जितेर ६ अंकसहित तेस्रो स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ । आज चितवनसँग पराजित भए लुम्बिनी प्लेअफको होडबाट बाहिरिनेछ ।

चितवन र लुम्बिनीबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।

यसैगरी कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको दोस्रो खेल दिउँसो १ बजे टीयू मैदानमै सुरु हुनेछ । कर्णाली र पोखरा दुवै लगातार जित निकाल्ने लक्ष्यमा छन् । दुवै टोलीले आफ्नो पछिल्लो खेल जितेको थियो । सुरुवाती दुई खेलमा लगातार पराजित भएको कर्णाली त्यसपछि लगातार दुई खेल जितेको थियो । कर्णालीले पछिल्लो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

उता पोखराले लगातार दुई खेलमा हारपछि तेस्रो खेलमा आएर पहिलो जित हात पारेको थियो । एक जित हातपारेको पोखरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।




भर्खरै