२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शानदार इनिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

बलियो स्कोर खडा गर््न कप्तान रा्हितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रोहित र विन जफरले ११५ रनको साझेदारी गरे। जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

यस्तै, लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मूर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए ।