२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी



अ+ अ-

काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ ।

मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताउनु भयो ।

आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताउनु भयो । आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताउनु भयो । उहाँले स्काभेटर मगाएर जस्तापाता  हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ कवाडी, बंगुर पालन गरेको रहेछ । हामीले थाहा पाउने बित्तिकै आएर आगो नियन्त्रण लिँदैछौँ । नियन्त्रण पूरा भएको छैन । लगभग आधाआधा जति नियन्त्रणमा आइसकेको छ । जस्ता भएको कारणले निभाउन अलि अफ्ठ्यारो छ । स्काइभेटर बोलाएर निभाउने प्रयास गर्दैछौँ । आधा नियन्त्रणमा आएको छ । तीन वटा दमकल आएको छ । तीन वटाबाट निभाउने प्रयास भइरहेको छ ।’

अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।




भर्खरै