२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित दर्ता गरेको हो ।

कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनायो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । कप्तान कुशल मल्लले २० रन जोड्दा रवि बोपाराले १२ रन बनाए ।

चितवनलाई स्तब्ध बनाउन कप्तान पौडेल एक्लैले ४ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिए। रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिषेस गौतमले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

बलियो स्कोर खडा गर्न कप्तान रा्हितले ८० रन बनाएका थिए । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रोहित र विन जफरले ११५ रनको साझेदारी गरेका थिए । जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए । यस्तै अर्जुन साउदले १५ र टम मूर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ३ विकेट लिएका थिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए ।

यससँगै, चितवन ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । ५ खेलमा एक जित र ४ हार बेहोरेको लुम्बिनी अंकतालिकाको अन्तिम स्थानमा छ । अब, लुम्बिनीले अर्को खेलमा बुधवार दिउँसो काठमाडौं गुर्खाजको सामना गर्नेछ भने चितवनले शुक्रवार दिउँसो विराटनगर किंग्सको सामना गर्नेछ ।

आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् ।