२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति सिग्देल भारत प्रस्थान



अ+ अ-

काठमाडौ । प्रधान सेनापति अशोक राज सिग्देल भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामाभारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधान सेनापति सिग्देलले मंसिर २६ गतेदेखि मंसिर २९ गते भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । सैनिक श्रीमती संघकी अध्यक्ष तथा उहाँकी धर्मपत्नी श्रीमति नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गर्नु भएका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के।सी।ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच सम्मान गारत अर्पण गरिएको थियो ।

प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उहाँले पहिलो पटक विदेश भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मिति २०८१ मंसिर २७ गते भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्नु हुने कार्यक्रम रहेको छ ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधान सेनापति सिग्देल Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि (Reviewing Officer) को रूपमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग के‍ .सी. ले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति सहितको भ्रमण दल मिति २०८१ मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।