२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गर्नुभएको हो । उहाँले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताउनु भयो । उहाँले फ्रि भिसा र फ्रि टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमीक पठाउन सकिने बताउनु भयो । उहाँले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्रि भिसा, फ्रि टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिले कहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्युलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजन भन्दा पनि रियल डिसिजन राम्रो हुन्छ, त्यसबाट रिजल्ट आउने हिसावको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ, पोलिसीको हिसावले । यो किन भनेको हो भने फ्रि टिकट, फ्रि भिसा भनेको छ । त्यो फ्रि टिकट, फ्रि भिसा त हामी नेपालीको मात्रै त होइन नि । बंगलादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रिमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ।’

अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरुले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताउनु भयो ।