२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई हराएको छ ।

सुपर ओभरका पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले जम्मा ५ रन बनायो । पोखराका रेमन रेफरले उत्कृष्ट बलिङ गरे ।

यसअघि पोखराको लागि एन्ड्रिज गौस र रेमन रेफरले १८ रन बनाएका थिए । सुपर ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेको बलमा रेफरले दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।