२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी



अ+ अ-

चीन विन्जाओ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी भएको छ ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओले सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्न समझदारीपत्र आदान–प्रदान गरिएको हो ।

यो समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदान–प्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताए । उनले यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्‍याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम्वन्धी सम्झौतालाई पनि यसले सहयोग गर्ने बताए ।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समभदारीले फोटो तथा समाचारहरुको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै र दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मिडिया हाउससँगको पहिलो समझदारी गर्न गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

उक्त कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ, उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मालगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको पनि उपस्थिति थियो ।

राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्राहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले शहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार संकलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।