२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले अहिले डेलिभरी खोजिरहेका छन्: महेश वर्तौला



अ+ अ-

हेटौंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले नागरिकले अहिले डेलिभरी खोजिरहेको बताउनुभएको छ ।

एमाले हेटौंडा उपमहानगर पालिकाको दोस्रो अधिवेशनमा बोल्दै उहाँले सरकार अभावका बिचमा पनि जनताले महसुस गर्नेगरी सेवा प्रवाहमा लागि परेको बताउनुभयो ।

उहाँले पार्टीलाई जनताको माझमा स्थापित गराउने गरि काम गर्न शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो “नेकपा एमाले हेटौंडा उपमहानगर पालिकामा हारेको हो सकिएको होइन । हेटौंडाको जनताको मनमनमा जागरण ल्याउने गरि सन्देश यस दोस्रो अधिवेशनले दिनु पर्नेछ ।”

यस्तै, उहाँले आजको आवश्यकताले एमालेको आपसी समझदारी मागेको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो “एमाले हिजो प्रतिपक्षमा रहँदा पनि घेराबन्दी थियो र अहिले एमाले सरकारमा हुँदा पनि आक्रमण तथा कपोकल्पित भ्रम सिर्जनाहरु बढिरहेको छ । एमालेलाई कमजोर बनाउन सक्दा मात्रै आफ्ना इन्ट्रेस्टहरु पूरा गर्न लागिरहेका छन् ।”

एमालेले नाजायज वैदेशिक हस्तक्षेप स्वीकार नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।




भर्खरै