२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला शर्माको अग्रता ९४० बढी, रमेश विष्ट हारको नजिक



अ+ अ-

नेपाल पत्रकार महासंघको निर्वाचनमा सभापतिका प्रत्याशी निर्मला शर्माले तीन हजार ६१० मत सहित अग्रता बनाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले दुई हजार ६७० मत पाएका छन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार निर्मला शर्माले ९४० मतको अग्रता लिएकी छिन् ।

प्रेस चौतारी र प्रेस युनियनका तर्फबाट साझा उम्मेदवार बनेकी निर्मला शर्मा महासंघको सभापति बन्ने लगभग पक्का भएको छ । हालसम्म उपत्यका, कोसी, गण्डकी, लुम्बिनी, बाग्मती, प्रतिष्ठान, एसोसिएट, सुदूरपश्चिम (बाजुरा, बझाङ बाहेक) को गणना भइसकेको निर्वाचन समिति स्राेतले बताएको छ ।

अहिले कर्णाली र मधेशको मतगणना भइरहेको बताइएको छ । यद्यपि निर्वाचनको पूर्ण नतिजा आइसक्न दुई तीन दिन लाग्ने छ ।  महासंघका पूर्व वरिष्ट उपाध्यक्ष रमेश विष्टलाई नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरले समर्थन गरेको छ ।